images
images

भक्तपुरका ग्रामिण भेगमा सार्वजनिक यातायातको ठूलो समस्या


  • 345
    SHARES
  • २०८० बैशाख ६ गते बुधबार

    भक्तपुरका ग्रामिण भेगमा सार्वजनिक यातायातको ठूलो समस्या

    भक्तपुर । नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरमा सार्वजनिक यातायातको सधै समस्या हुने गरेको छ । राजमार्ग बाहेकका अन्य मुख्य सडक र ग्रामिण बस्तीहरुमा यो समस्या निकै रहेको देखिन्छ । सूर्यविनायक, चाँगुनारायण, मध्यपुरथिमि र भक्तपुर नगरपालिका गरेर चार नगरका ३८ वडा रहेको भक्तपुरमा केही स्थानमा बाहेक अन्यत्र सधै सार्वजनिक सवारी साधनको अभाव हुने गरेको स्थानीयहरु बताउँछन् । 

    लोकन्थलीदेखि साँगासम्म रहेका बस्तीमा अरनिको राजमार्ग भएका कारण राजमार्ग आसपासका बासिन्दालाई बिहान ५ बजेदेखि राती ८ बजेसम्म सार्वजनिक यातायात चढ्न केही सहज छ । सूर्यविनायक नगरपालिकाको क्राँक्राबारी, नैचाल, गुण्डु, दधिकोट, सिपाडोल भित्र बस्तीमा सार्वजनिक यातायातको पहुँच खासै राम्रो नभएको स्थानीय बताउँछन् । 

    सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार यस नगरमा पनि सार्वजनिक यातायातको निकै समस्या रहेको छ । मध्य उपत्यका, ख्वप भक्तपुर मिनिबस र मध्यपुर यातायात प्रा.लिले केही वडामा सार्वजनिक बस चलाएपनि त्यो प्रभावकारी नभएको सापकोटाको भनाई छ ।  

    ‘हामीले विगतदेखिनै सार्वजनिक यातायातलाई सहज बनाउने प्रयास गरेपनि खासै सफलता मिलेको छैन, अझैपनि व्यवसायीहरुसंग छलफल गर्ने छौं,’ सूर्यविनायक नगरपालिकाका प्रवक्ता सापकोटाले भने । बिहानको समयमा चल्ने बसको संख्या प्रयाप्त नहुदाँ कलेज, स्कुल । अफिसलाई समस्या हुने गरेको छ । सडकको अवस्था राम्रो हँुदापनि सार्वजनिक बस नचल्दा स्थानीय बासिन्दालाई सकस भएको सापकोटाको भनाई छ । नगर यातायात चलाउन सकिन्छ कि भनेर अध्ययन गर्दै छौं, सापकोटाले भने । 

    साँझमा पनि  ६ नबज्दै गाउँ जाने बसहरु बन्द हुदाँ आफ्नो सवारी साधन नभएकालाई गाह्रो पर्ने भक्तपुरका सर्वसाधरणहरुको गुनासो छ । 

    चाँगुनारायण नगरपालिको सम्पूर्ण वडामा नै सार्वजनिक यातायातको सहजता छैन, चाँगुनारायण ७ बाँसबारीका विवेक लामिछानेले भने । लामिछानेका अनुसार रुटमा कब्जा गरेर बसेका यातायात व्यवसायीले शहर केन्द्रित सेवा दिने गरेकाले नीजि सवार नभएका सर्वसाधरण मर्कामा परेका छन् । यसको असर जेष्ठ नागरिक, स्कुल र कलेजका विद्यार्थीहरुले भोग्नु परेको उनको भनाई छ । 

    नगरकोट, तेलकोट, खरिपाटी, बागेश्वरी, सुडाल, छालिङ, दुवाकोट, झौखेल, चाँगु जस्ता बस्तीमा अझैपनि भरपर्दो रुपमले बस सेवा संचालन हुन नसकेको हो । 

    चाँगुनारायण नगरपालिका प्रवक्ता जनक खत्रीलेका अनुसार नगरपालिकाले कार्यविधी नै बनाएर अगाडी बढ्ने तयारी गरिरहेको छ । त्यसकालागि हाम्रो अब बस्ने कार्यापालिकाको बैठकमा निर्णय हुन्छ, प्रवक्ता खत्रीले भने । रुट लिएका यातायात व्यवसायी स्थानिय सरकारप्रति जवाफदेही नभएकालेपनि कार्यविधि बनाउन परेको चाँगुनारायण नगरपालिकाका प्रवक्ता खत्रीले जानकारी दिए । 

    के भन्छन् यातायात व्यवसायी ? 
    भक्तपुरमा लामो समयदेखि यातायात व्यवसाय क्षेत्रमा सक्रिय प्रकाश बस्नेतका अनुसार लगानी उठाउन नसकेकाले बस चलाउन सक्ने अवस्था आएन । बस्नेतले भने, ‘दिनभर गाडी चलाएर साँझ तेल हाल्ने पैसा समेत नभएपछि कसरी चलाउने ?’ ‘नीजि सवारी साधन चढ्ने धेरै हुनुभएकाले खालीखाली बस चलाउने अवस्था आयो त्यसैले सडक राम्रो भएपनि चलाउन सकिएन’, उनले भने । स्थानीय सरकारले केही राहत दिने व्यवस्था गरेमा यातायात व्यवसायी तयार रहेको समेत बस्नेतको भनाई छ ।


    images
    images

    Logo