images
images

छ्याङ्दी हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 376
    SHARES
  • २०८० बैशाख ६ गते बुधबार

    छ्याङ्दी हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले बैशाख २८ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायका प्रस्तावहरु पनि पारित गर्नेछ।

    सो सभा प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo