काठमाडौं । २ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएका छन् । मंगलबार अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएका हुन् ।
दुबै कम्पनीले वैशाख २५ गते यूनाइटेड वल्र्ड ट्रेड सेन्टर अमन हल तेस्रो तल्लामा विहान ११ बजेबस्नेगरी गरी साधारणसभा बोलाएका छन् ।
सभाले अजोड र यूनाइटेड इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने, गाभिने र मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यी दुई कम्पनी गाभिएपछि बन्ने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुनेगरी सो नामबाट एकिकृत कारोबार गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले अजोड र यूनाइटेड इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने, गाभिने र मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यी दुई कम्पनी गाभिएपछि बन्ने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुनेगरी सो नामबाट एकिकृत कारोबार गर्ने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीको एजेण्डा रहेको छ ।
सो सभा प्रयोजनका लागि अजोड इन्स्योरेन्सले वैशाख १२ गते र युनाइटेड इन्स्योरेन्सले वैशाख १३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।



