काठमाडौं । लिवर्टी इनर्जीले साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले वैशाख २५ गते अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले हकप्रद निष्काशन प्रस्तावसँगै चुक्ता पूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्नेछ ।
साथै, संस्थापक समूहको तर्फबाट ५ जना र सर्वसाधारण समूहबाट १ जनागरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।