काठमाडौं । सामुदायिक लघुवित्तको लाभांश संशोधन भएको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार अब कम्पनीले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीले यस अघि गत वर्षको नाफाबाट क्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।