काठमाडौं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएका छन् । यी दुबै लघुवित्तले वैशाख १० गते साधारण सभा बोलाएका हुन् ।
नेरुडे लघुवित्तले वैशाख १इ गते विराटनगर महानगरपालिका वडा नं. २ मोरङको सभाहलमा बिहान ११ बजे बस्नेगरी साधारणसभा बोलाएको छ । त्यस्तै, मिर्मिरे लघुवित्तले वैशाख १० गते होटल सारथी काभ्रेपलाञ्चोकमा दिनको १२ः३० बजे बस्नेगरी सभा बोलाएको छ ।
यी दुवै लघुवित्तको साधारणसभाले दुई संस्थाबीच १ः१ को अनुपात स्वीकृत गर्ने, मर्जर पश्चात नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकिकृत कारोबार गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, एक आपसमा गाभ्ने गाभिने गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र , सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन प्रतिवेदन गाभ्नेरगाभिने (मर्जर) सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवम् सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन तथा अन्तीम सम्झौतापत्र स्वीकृत गर्ने, लगायतका एजेडा कम्पनीहरुको रहेको छ ।
सो सभा प्रयोजनका लागि दुवैे लघुवित्तले वैशाख ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।



