images
images

घलेम्दी हाइड्रोपावरले बोलायो साधारणसभा, हकप्रद शेयर प्रस्ताव पारित गर्ने


  • 458
    SHARES
  • २०७९ चैत्र २४ गते शुक्रबार

    घलेम्दी हाइड्रोपावरले बोलायो साधारणसभा, हकप्रद शेयर प्रस्ताव पारित गर्ने

    काठमाडौं । घलेम्दी हाइड्रोपावरले साधारणसभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समिमितको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले वैशाख १६ गते सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा बिहान १०।३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १ः२ (२०० प्रतिशत) को अनुपातमा हकप्रद शेयर पारित गर्नेछ । 

    साथै, यस्तै, कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि सांग्रिला उर्जा प्रा लि द्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने सञ्चालक समतिको निर्णयलाई पारित गर्ने, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo