काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समिमितको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले वैशाख १८ गते होटल क्लासिक सिमरामा बिहान ११ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ८.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, अधिकृत चुक्ता पुँजी वृद्धि गरि ५ अर्बलाई ६ अर्ब कायम गर्ने, ज्ञापनपत्रमा संशोधन गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले वैशाख ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।