images
images

खत्तड लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 341
    SHARES
  • २०७९ चैत्र २३ गते बिहीबार

    खत्तड लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । खत्तड लघुवित्तले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको वैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले वैशाख १६ गते होटल नमस्ते, अत्तरीयामा दिउँसो १ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाकोे धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरको अन्तिम चरणमा रहेकाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने मूख्य एजेण्डा रहेको छ । 

    साथै, साधारण शेयरधनीहरूबाट सञ्चालकको निर्वाचन गर्ने, ज्ञापनपत्रमा संशोधन गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले वैशाख १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo