images
images

घट्यो हवाई भाडा, अब कुन रुटको कति पर्छ ?


  • 418
    SHARES
  • २०७९ चैत्र २१ गते मंगलबार

    घट्यो हवाई भाडा, अब कुन रुटको कति पर्छ ?

    काठमाडौं । नेपाल वायुसेवा कम्पनीले हवाई भाडा घटाएको छ । कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले हवाई भाडादर घटाएको हो । 

    नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा घटाएका हुन् । निगमले सोमबार रातीदेखि लागु हुने गरी आन्तरिकतर्फ १० रुपैयाँ घटाउने निर्णय गरेको हो । संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४ सय ४० रुपैयाँ भाडा घटेको छ ।

    यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५ सय १० रुपैयाँ तिर्दै आइरहेका थिए । तर अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुर्पैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ ।

    संघका अनुसार बढेको नयाँ भाडादर चैत २२ गतेदेखि लागु हुने छ ।

    hawai-bhada-list.jpg

     

     


    images
    images

    Logo