images
images

यूनियन लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ?


  • 447
    SHARES
  • २०७९ चैत्र २० गते सोमबार

    यूनियन लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले बैशाख ६ गते चैरहवा रुपन्देहीमा बिहान १०ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले नियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने र मर्जरपश्चात् हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट जीवन बीमा व्यवसाय सुरु गर्ने प्रस्ताव पारित गर्नेछ । 

    साथै, तीनै कम्पनीको शेयर अनुपात १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने लगायतका एजेण्डा कम्पनकिो रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले चैत २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

     


    images
    images

    Logo