काठमाडौं । एनआइसी एशिया लघुवित्तले साधारणसभा बोलाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले वैशाख १० गते होटल गजुर गंगालाल मार्ग सुनसरीमा बिहान ९ बजे बस्नेगरी सभा बोलाएको छ । सो समाले कम्पनीले प्रस्ताव गरेको १४.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावली स्वीकृतिको क्रममा कुनै फेरबदल वा थपघट गर्नुपरेमा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले वैशाख १ गतेदेखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।