काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ । बुधबार स्वास्थ्थ तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको विवरण अनुसार नयाँ संक्रमितको संख्या ३४ जना पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १ हजार ३ सय ३० जना गरिएको नुमना परीक्षणमा ३४ जना नयाँ संक्रमित भेटिएको छ । जसमध्ये ५ सय ३० जनामा गरिएको आरटीपीसीआर परीक्षणमा २५ जना र ८ सय जनामा गरिएको एन्टीजेनमा ९ जना संकमित भटिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म १ सय ३ जना सक्रिय सक्रिमित भटिएको छ । त्यस्तै ६१ हजार १ सय २९ जना ले खोप लगाएका मन्त्रालयले जनाएको छ ।
