images
images

 बिपिडब्लु लघुवित्तको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त 


  • 233
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

     बिपिडब्लु लघुवित्तको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त 

    काठमाडौं ।  बिपिडब्लु लघुवित्तको शेयर रजिष्ट्रारमा मेगा क्यापिटल मार्केट्स लिमिटेड नियुक्त भएको छ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको हो । 

    आज एक कार्यक्रमका बीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

    सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।  


    images
    images

    Logo