images
images

दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा


  • 224
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा

    काठमाडौं । नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छिन् ।सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दाबी गरेकी हुन् । 

    बुधवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १/२ दिनभित्रै यसले पूर्णता पाउने बताइन् । मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिर समेत गरिन् ।

    उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्युले भर्खरै विश्वासको मत लिनुभएको छ । र, सरकार विस्तारको चरणमा हामी छौं । सरकार विस्तारको गृह कार्य करिब/करिब अन्तिम अवस्थामा आएको छ । अब मलाई लाग्छ–आजभोलि १/२ दिनमै सरकार वीरताले पूर्णता पाउनेछ । यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ । यो सरकारले कही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो । त्यो नै सबैभन्दा ठूलो कुरा हो । त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।’

    मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरुको चाहना अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धि विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताए ।

    न्युज एजेन्सी नेपाल 

     


    images
    images

    Logo