काठमाडौं । नेपाल प्रहरीका ३ डीआईजीको सरुवा भएको छ । गृह मन्त्रीस्तरीय निर्णयले ३ डीआईजीको सरुवा गरेको हो ।
यसरी सरुवा हुनेमा अपराध अनुसन्धान बिभागका डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा सरुवा गरिएको छ ।
त्यस्तै, नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुख डीआईजी दुर्गा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा गरिएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख रहेकी डीआईजी किरण राणाको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको स्रोतले जनाएको छ ।