images
images

पौने २ लाख घुससहित नापी कार्यालयका २ जना कर्मचारी पक्राउ 


  • 276
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    पौने २ लाख घुससहित नापी कार्यालयका २ जना कर्मचारी पक्राउ 

    काठमाडौं । अख्तियार अनुसन्धान आयोगले नापी कार्यालय, मनमैंजमा कार्यरत २ जना कर्मचारीलाई पौने २ लाख घुससहित पक्राउ गरेको छ । आयोगले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई १ लाख ७५ हजार घुस लिइरहेकाे अवस्थामा पक्राउ गरेको हो । 

    जग्गाको कित्ताकाट गरी राजीमा पास गर्ने क्रममा सेवाग्राहीबाट १ लाख ७५ हजार घुस/रिसवत माग गरिहेको सूचनाकाे आधारमा आयोगकाे केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

    खानतलासी गर्दा श्रोत नखुलेको ७ लाख ६९ हजार ५ सय अभिशेक कार्कीको नाममा काटिएको १६ लाख रुपैयाँको चेक थान तथा सर्भेक्षक रमेश उपरकोटीको साथबाट श्रोत नखुलेको १ लाख ८५ हजार ३ सय ८८ रुपैयाँ बरामद गरिएको अख्तियारले जानकारी दिएको छ ।

     

     

     

     

     

     

     

     


    images
    images

    Logo