images
images

काठमाडौंका यी स्थानमा ५ दिन सवारी साधन प्रभावित, कहाँ कहाँ हुँदैछ ? 


  • 365
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    काठमाडौंका यी स्थानमा ५ दिन सवारी साधन प्रभावित, कहाँ कहाँ हुँदैछ ? 

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा ५ दिन सवारी साधन प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिकाले एक सुचना जारी गर्दै सो जानकारी दिएको हो ।आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । सोहीकारणले आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने महानगरले जनाएको छ ।  

    रथयात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरुलाई प्रवेश निषेध गरिएको छ । चैत १५ गते अर्थात् आज तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुने भएको छ भने चैत १६ अर्थात् भोली असन केलटाल, इन्द्रचोक, मखन, हुनमानढोका दरबार परिसरमा सवारी साधन प्रभावित हुने भएको छ । 

    त्यस्तै, चैत १७ गते हुनमानढोका दरवार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल, ज्यावहाल, लगन चोकमा सवारी साधन प्रभावित हुने भएको छ भने १८ गते लगत चोक र १९ गते लगन चोक दललछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले यी सवै क्षेत्रमा सो दिनको लागि सवारी साधनहरुलाई प्रवेश निषेध गरिएको महानगरले जनाएको छ ।

    sa1680056093.jpg

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     


    images
    images

    Logo