काठमाडौं । महुली लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले वैशाख ९ गते लघुवित्तको केन्द्रीय कार्यालय सप्तरीमा ११ बजेदेखि बस्नेगरि सभा बोलाएको छ । सो प्रयोजनका लागि कम्पनीले चैत २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
तसर्थ चैत २८ गतेसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको लाभांश लिन र कम्पनीको साधारणसभामा सहभागी हुन पाउनेछन् ।
सो कम्पनीले लगानीकर्तालाई गत वर्षको नाफाबाट १५.२५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।