काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।