images
images

गुराँस लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 397
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    गुराँस लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले वैशाख ६ गते कम्पनी प्रधान कार्यालय तिनकुने काठमाडौंमा बिहान १०ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १३.२७१२७७२ प्रतिशत बोनश शेयर पारित गर्नेछ । 

    साथै, प्राइम लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग मर्जर भए पश्चात बन्ने हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, चल/अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा तीन वटै कम्पनीको शेयर अनुपात १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo