images
images

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 293
    SHARES
  • २०७९ चैत्र १५ गते बुधबार

    २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बुधवार कालिका लघुुवित्त र बिजय लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि चैत १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ चैत १५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् । 

    कालिका लघुुवित्तले चैत २९ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    यस्तै, बिजय लघुवित्तको चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत २८ गते साधारणसभा बोलाएको छ। 

    यस अनुसार चैत १५ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo