images
images

युद्ध लड्न युक्रेनलाई जर्मनीको 'लियोपार्ड–२' ट्याङ्क सहयोग


  • 210
    SHARES
  • २०७९ चैत्र १४ गते मंगलबार

    युद्ध लड्न युक्रेनलाई जर्मनीको 'लियोपार्ड–२' ट्याङ्क सहयोग

    जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ । 

    युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्याङ्क प्रयोग र  सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्याङ्क पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् । गत जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गर्ने आश्वासन दिएको थियो ।

    “हाम्रा युक्रेनी साथीहरूले ट्याङ्क प्राप्त गुर्नभएको छ , लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो,” रक्षामन्त्री पिस्टोयिसले भनेका छन् । 

    किएभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर–२ ट्याङ्क पनि युक्रेन पुगेका छन् । 

    गत वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारी साधन र हतियार माग गर्दै आएको थियो । 

    बेलायतबाट आफूलाई लियोपार्ड–२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर–२ ट्याङ्क प्राप्त गरेको पुष्टि गरेको छ ।

    बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेञ्जर–२ ट्याङ्क युक्रेन पुगेका जानकारी दिँदै युक्रेनी सैन्य टोलीले ट्याङ्क सञ्चालनको तालिम बेलायतमा लिएको बताएका छन् । यद्यपि उनले लियोपार्ड–२बारे कुनै जानकारी दिएनन् । 


    images
    images

    Logo