images
images

राजश्व अनुसन्धानले दुख दिएको भन्दै न्युरोडका कपडा व्यवसायी छटपटीमा 


  • 320
    SHARES
  • २०७९ चैत्र १४ गते मंगलबार

    राजश्व अनुसन्धानले दुख दिएको भन्दै न्युरोडका कपडा व्यवसायी छटपटीमा 

    काठमाडौं । राजश्व अनुसन्धान विभागले विरगञ्ज नाका भएर कपडाको आयात व्यापार गर्दै आएका न्युरोडका व्यवसायीहरुलाई दुख दिएको उनीहरुले बताएका छन् । 

    वीरगञ्ज नाका भएर त्यहाँको भन्सार कार्यालयलाई सामानको सरकारी मुल्याङकन अनुसार नै भन्सार तिरेपनि मुल्याङकन नदिने, वीरगञ्जको भन्सारले सिल गरेर पठाएपनि काठमाण्डौमा प्रज्ञापन हेरेर मान्यता नदिने गरेको उनीहरुको गुनासा छन् । व्यवसायीहरुको अहिले करिव २५ ट्रक सामान राजस्व अनुसन्धान विभाग हरिहरभवनमा थन्किएर बसेको छ ।  

    वीरगञ्जको भन्सार कार्यालयले मान्यता दिएपछी यहाँ काठमाण्डौमा राजस्व अनुसन्धान विभागले मान्यता नदिनु अनौठो भएको उनीहरुको भनाइ छ । भन्सार विभागको नयाँ महानिर्देशक नारायणप्रसाद सापकोटा आएसँगै आफुहरुले दुख पाएको र यसअघि सो खालको समस्या नदिएको न्युरोडमा होलसेल पसल चलाउँदै आएका राजेश कुमारले बताए । 

    उनले भने ‘सुनौली नाकाबाट भन्सार नतिरी दुइ नम्बरी हिसावले माल समान ल्याउनेहरुलाई वेवास्ता गरिएको छ, तर हामीहरु विरगञ्जबाट भन्सार तिरेर काम गरिरहेकाहरुलाई राजश्व अनुसन्धान विभागले दुख दिइरहेको छ । दुई महिनाको बीचमा हामीहरु सबैलाई जर्वजस्ती पेनाल्टी लगाएको छ’ । 

    राजस्व अनुसान्धान विभागको कारण आफुहरुको व्यवसाय ठप्प हुने अवस्था आएको र काम गर्ने जोश जाँगर हराएको उनले बताए । यो समस्याबाट सयौंको सङख्यामा व्यवसायीहरु पिडित बनेको उनले बताए । उनीहरुले आफुहरुसँग अव पसल बन्द गर्ने वा आन्दोलनमा जानेमध्ये एक विकल्प मात्र बाँकी रहेको बताएका छन् । 

    आफुहरुले सरकारी दरको मुल्यांकन अनुसार नै कुर्था, सारी लगायत कपडाहरुको भन्सार तिरेर काठमाण्डौ ल्याएपनि कम मुल्याङकन भयो भन्दै राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको उनीहरुको भनाइ छ । ब्यवसायी शंकरप्रसाद शाह भन्छन् ‘बढी भन्दा बढी राजस्व उठाउने ध्याउन्नमा आफुहरुमाथी नयाँ महानिर्देशकले लखेटेको बताएका छन् । हामी सयौ व्यवसायीहरुको करोडौंको सामान अलपत्र भएको छ । 

    डुब्ने अवस्था सिर्जना भएको छ’ । नयाँ महानिर्देशकले व्यवसायीलाई प्रोत्साहन गर्नुको साटो ‘मुद्धा हाल, अदालत आउ’ भनेर आफुहरुलाई हप्काएको उनीहरुले बताए । सामान राजस्वले नियन्त्रण गरेको कारण व्यापार गर्न नपाएर आर्थिक समस्याहरु उब्जिएको, बैंकको ऋण तिर्न गाह«ो भएको, मानसिक समस्या देखिन थालेको, ‘गर या मर’को अवस्था सिर्जना भएको अर्का व्यवसायी अजय शाहले बताए । 


    images
    images

    Logo