काठमाडौं मिटरव्याज पिडितसँग वार्ताको लागि सरकारले ४ सदस्यीयको समिति गठन गरेको छ । सरकारले मंगलबार गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा संयोजकत्वमा समिति गठन गरेको हो ।
उक्त समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा र उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।
समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसद्मा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ।
मिटर व्याज पिडित ११ दिन हिडेर साेमबार काठमाडाैं आइपुगेका हुन् । उनीहरुले पटकपटक न्याय माग्न काठमाडौं आउने गरेका छन् ।



