काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिदाँ विभिन्न शुल्क बारे जानकारी लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बेंकले आज एक सुचना जारी गर्दै कर्जा लिँदा मात्रै नभएर अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरु पनि पनि भुक्तानी गर्नुपर्ने भन्दै विस्तृत जानकारी लिन आग्रह गरेको हो ।
राष्ट बैंकले जारी गरेकाे सुचनामा भनेकाे छ, 'विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ । यी संस्थाले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् ।'
शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जाको कारोबार गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको राष्ट बैंकले जनाएको छ ।




