images
images

निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 225
    SHARES
  • २०७९ चैत्र १४ गते मंगलबार

    निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर घटेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सुनको मूल्य गत शुक्रबार देखि घटेको हो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo