images
images

ऋणपत्र निष्काशनका लागि महालक्ष्मी विकास बैंकले पायो बोर्डको अनुमति


  • 352
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    ऋणपत्र निष्काशनका लागि महालक्ष्मी विकास बैंकले पायो बोर्डको अनुमति

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बैंकले सोमवार ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । 

    कम्पनीले ११ प्रतिशत ब्याजदरमा १० वर्ष समयअवधिका लागि ऋणपत्र निष्काशन गर्ने भएको छ । 

    बैंकले कुल १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । कम्पनीले कुल कित्तामध्ये ४ लाख  कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।


    images
    images

    Logo