images
images

भैरहवाका लागि उड्न लागेको बुद्ध एयर रनवेबाटै फर्कियो, यस्तो छ कारण


  • 906
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    भैरहवाका लागि उड्न लागेको बुद्ध एयर रनवेबाटै फर्कियो, यस्तो छ कारण

    काठमाडौं । भैरहवाको लागि उड्न लागेको बुद्ध एयरको विमान रनवेबाटै फर्किएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअप’ लिन नसकेपछि बुद्धको जहाज रनवेबाटै फर्किएको हो । 

    उक्त जहाज आज दिउँसो १ः२० बजे उड्ने  भएपनि कारण बस २ः५० बजे मात्रै उड्न लागेको थियो । तर भैरहवा जानका लगी रनवेमा पुगेको जहाज टेकअप लिन नसकेपछि पुन फर्किएको हो । 

    सो जहाजमा इन्डिकेटरमा समस्या देखिएपछि विमान रनवेबाट फर्काइएको स्रोतले जनाएको छ । सो विमानका सवार यात्रुहरुलाई  अर्को विमानमार्फत भैरहवा पठाइएको छ ।

     


    images
    images

    Logo