images
images

चार्टर उडानको अनुमति मागेको भन्दै निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण


  • 291
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    चार्टर उडानको अनुमति मागेको भन्दै निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई स्पष्टीकरण माग गरेको छ । निगमले मलेसियाको क्वालालाम्पुरमा नियमित उडान गर्न सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै बढी चार्टर्ड उडानको अनुमति माग गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । 

    प्रतिसाता ७ वटा सेड्यूल उडान गर्न सक्ने प्रावधान बाँकी रहँदारहँदै किन यात्रु चार्टर्ड उडान गर्नु परेको हो भन्दै प्राधिकरणले स्पष्टीकरण माग गरेको हो ।  नेपाल सरकार र मलेसिया सरकारबीच ३ अप्रिल २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार नेपाली वायुसेवा कम्पनीले सातामा २८ वटा उडान मलेसियामा गर्न सक्छन् ।

    प्रतिसाता ७ वटा सेड्यूल उडान गर्न सक्ने प्रावधान बाँकी रहँदारहँदै किन यात्रु चार्टर्ड उडान गर्नु परेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको गृष्मकालीन उडान तालिका अनुसार निगमले काठमाडौं–क्वालालाम्पुर–काठमाडौं रुटमा साताको ५ र काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा साताको २ उडान स्वीकृत भएको छ ।

     

     


    images
    images

    Logo