काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध प्रदर्शन गरिएको छ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध प्रदर्शन गरिएको हो ।
संविधान र कानून विपरित सुकुम्वासीहरुलाई उठिवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहबिरुद्ध सोमवार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्यालीसहितको बिरोध प्रदर्शन गरिएको हो ।
आफूहरुलाई उठिवास लगाउने काममा मेयर साह लागेपछि त्यसको बिरोधमा शुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए । उनले संविधान, कानून विपरित भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिवास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएयो ।
बिरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।–न्युज एजेन्सी नेपाल



