काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी नायव निरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाको लागि सिफारिस भएका छन् । आइतबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ४ जना डिआइजीलाई बढुवाको लागि सिफारिस गरेका हुन् ।
बढुवाको लागि सिफारिसमा पर्नेमा सन्दिप भण्डारी, सन्दिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ रहेका छन् । आइजिपी धिरजप्रताप सिंहसँगै एआइजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएसँगै रिक्त रहेका एआइजीका पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो।
