images
images

एनआईसी एशिया बैंकले लगानी कोषमा रहेकाे संस्थापक शेयर विक्रीमा


  • 227
    SHARES
  • २०७९ चैत्र १३ गते सोमबार

    एनआईसी एशिया बैंकले लगानी कोषमा रहेकाे संस्थापक शेयर विक्रीमा

    काठमाडौं ।  एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक शेयर विक्री गर्ने भएको छ । बैकले ट्रष्टको २५ हजार कित्ता शेयर सिलबन्दी बोलकबोलमार्फत् बिक्री गर्ने भएको हो । 

    सेयरका खरिदका लागि बैंक वित्त र बीमा कम्पनीले बोलकबोलमा भाग लिन पाउने छन्। उनीहरुबाहेक अन्य कुनै कम्पनी, संस्था अथवा व्यक्तिले बोलकबोलमा भाग लिन नपाउने जनाइएको छ।  

    बैंकले सेयरको न्यूनतम मूल्य ७१७ रुपैयाँ प्रतिकित्ता तोकेको छ। जस अनुसार सो मूल्यभन्दा कम राखेर बोलकबोल पेस गर्न मिल्दैन। बैंकले आजदेखि बोलकबोल माफर्त आवेदन दिनसक्ने छन् भने यसको अन्तिम मिति चैत २० गतेसम्म आवेदन सक्नेछन् । 

     


    images
    images

    Logo