काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको कुल ६१ हजार ४ सय २५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।