काठमाडौं । सुनचाँदी बजारमा आज फेरि सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कायम भएको छ । आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।