images
images

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत


  • 316
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत

    काठमाडाैं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । आईतवार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो । 

    डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्नुभएको थियो । विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राखेका थिए । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
     
    उनले भने, ‘मान्य सदस्यहरु, अब म राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्दछु, यस प्रश्तावको पक्षमा हुने मान्य सदस्यहरुले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने मान्य सदस्यहरुले हुन्न भन्नुहोला । हुन्न भन्ने आवाज सुनिएन तसर्थ राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु ।’ 

    राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीवार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ । 

     


    images
    images

    Logo