images
images

कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेवार बनाउने 


  • 304
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेवार बनाउने 

    काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।  रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली रहेको तनहुँ क्षेत्र– १ मा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साझँ तनहुँ १ मा भट्टराईलाई उम्मेदवारी बनाउने सहमति भएको हो । २०४८ सालदेखि लगातार पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै आएका उनी लगातार तीन पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन् । 

    निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । तनहुँ १ बाट गत चुनाव जितेका पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

     


    images
    images

    Logo