images
images

कमल पराजुलिविरुद्धको मुद्दा लिएर सर्वोच्च अदातल पुग्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोग


  • 224
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    कमल पराजुलिविरुद्धको मुद्दा लिएर सर्वोच्च अदातल पुग्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    काठमाडौं । कमल प्रसाद पराजुलीविरुद्ध विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदातलले  पराजुलीलाई १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने तथा अन्य आरोपमा दावी नपुग्ने फैसला गरेको थियो । 

     विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेकाले चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो । पराजुली अध्यागमन कार्यालयमा हुँदा घुस लिएको र गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

    पराजुलीमाथि श्रम स्वीकृति नलिई दुबई, कतार लगायतका देशमा मानिसहरुलाई पठाउने, ती देशमा ट्रान्जिट भई अन्य मुलुकमा जान प्रस्थान अनुमति दिने र अभिलेख मेटाउने आरोप थियो । उनलाई २०७६ साल साउन २१ गते अख्तियारले पक्राउ गरेको थियो ।

    अख्तियारले कमल पराजुलीसँगै मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ भण्डारी, पदमप्रसाद बजगाईं, जगदिशचन्द्र नेपाली तथा कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध २४ लाख ८० हजार रुपैयाँ विगो दावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

     


    images
    images

    Logo