काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ३ एटीसीलाई कारबाही गरेको छ । गत शुक्रवार नेपाल एयरलाइन्स र एयर इन्डियाको विमा सीमराको आकाशमा एउटै स्पेशमा होल्ड गर्न लगाएको भन्दै डिउटीमा रहेका ३ जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई क्यानलाई कारबाही गरेको हो ।
शुक्रवार सिमराको आकाशमा मलेसियाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाज र दिल्लीबाट काठमाडौ आएको एयर इन्डियाको जहाजलाई एउटै स्पेशमा होल्ड गराएको र दुर्घटना हुनसक्ने भन्दै प्राधिकरणले ३ एटीसीलाई शनिवारदेखि जिम्मेवारी कार्यबाट हटाउने निर्णय गरेको हो ।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि ३ एटीसीलाई सक्रिय जिम्मेवारी नदिने भएको हो । १९ हजार फिटको उचाइमा उडान भरिरहेको एयर इन्डियाको विमान एक्कासी १५ हजार फिटको उचाइमा झर्दा चेतावनी नदिएको भन्दै क्यानलाई कारबाही गरेको हो । साे समयमा नेपाल एयरलाइन्सकाे विमान पनि १५ हजार फिटको उचाइमा रहेकाे थियाे ।



