images
images

प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : प्रहरी महानिरीक्षक कुँवर


  • 216
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा : प्रहरी महानिरीक्षक कुँवर

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन् ।नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन् । 

    आईतवार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाएपछि उहाँले यस्तो बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा कामहरु र विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै उहाँले प्रहरीमा सुधार आवश्यक रहेको बताए। उहाँले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पार्नुभयो । उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने प्रतिवद्धता जनाए । 

    प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानूनी राज्यको प्रत्याभुति दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनवद्धता पनि व्यक्त गरे । 

    उनले भने, ‘नेपालको संविधानले मार्ग निर्देशन गरेको संघीय स्वरुपमार्फत विधिको शासन र मानव अधिकारको प्रत्याभुति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन र सामाजिक न्याय र सद्भावको सुनिश्चित गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलकासाथ कर्तव्यनिष्ठ छ ।

     राज्यको अभिन्न अंग नागरिकका हरेक दुःखको प्रथम र प्रत्यक्ष साक्षि नेपाल सरकारको सर्वाधिक पहुँच भएको देशभर कम्तिमा पनि २५ सय प्रहरी निकायहरुमार्फत सेवा प्रवाह गर्दै आएको राज्यको पहिलो अनुभुति दिलाउने र नेपाल प्रहरी संगठनको व्यावसायिक सक्षमता अभिवृद्धिमार्फत लोक कल्याणकारी राज्यले निर्दिष्ट गरेका लक्ष्यहरुको प्राप्तिका मार्गहरु सहज हुने र यसले अन्ततोगत्वा आम नागरिकमा राज्यप्रतिको भरोसा र विश्वासका थप प्रगाढता वृद्धि हुनेछ । प्रहरी कस्तो छ ? भन्नेकुरा लुकाउनुपर्ने आवश्यक्ता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन । प्रहरीमा सुधार आवश्यक छ । अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन । 

    कसैले मार्ग बिराएका भए तिनीहरुले आफूलाई सुधार्नुको विकल्प छैन । प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो । यसबाट म किञ्चित पनि डगमगाउने छैन । अपराधको रोकथाम, अनुसन्धान, कुनैपनि बहाना र विकल्प बिना शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिक मनमा अमन चयन, कानूनी राज्यको प्रत्याभुति दिलाउन नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन दिनेछैन ।’ 

    नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे । –न्युज एजेन्सी नेपाल 


    images
    images

    Logo