images
images

२२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ


  • 270
    SHARES
  • २०७९ चैत्र १२ गते आइतबार

    २२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले सोमवार सो रकम बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । 

    राष्ट्र बैंकले २८ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिका लागि ११ अर्ब ५० करोड २५ लाख रुपैयाँ, १८२ दिन अवधिका लागि ६० करोड रुपैयाँ, र ३६४ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । यीमध्ये ९१ दिन अवधिको ५ अर्ब नयाँ बिल जारी गर्न लागेको हो । 

    उक्त ट्रेजरी बिल २८ दिनको आगामी वैशाख १२ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको आगामी असार १२ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको आगामी असोज ९ गते र ३६४ दिन अवधिको आगामी चैत १३ गते परिपक्व हुनेछ । यो ट्रेजरी विल सोमवार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ ।

    उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, तथा सर्वसाधारण नागरिकले सहभागि हुन सक्नेछन् ।    

     


    images
    images

    Logo