काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । नवनिर्वाचित प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रवार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । – न्युज एजेन्सी नेपाल