ट्युनिसिया । ट्युनिसियामा आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा भएको डुङ्गा दुर्घटनामा परेर अन्य ६७ जना बेपत्ता भएका छन् ।
ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीका अनुसार यूरोप छिर्ने आप्रवासी बोकेर इटालीतर्फ गइरहेको डुङ्गा दुर्घटना भएको हो । पछिल्ला दुई दिनमा ट्युनिसियामा यात्रु सवार डुङ्गा दुर्घटना भएको यो पाँचौं घटना हो।
दुर्घटना ह्वात्तै बढेपछि ट्युनिसियाको तटीय सुरक्षाकर्मीले दुई दिन यता इटाली जान लागेका ५६ वटा डुंगा नियन्त्रणमा लिएका छन् । सोही क्रममा सुरक्षाकर्मीले तीन हजार भन्दा बढी आप्रवासीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
संयुक्त राष्ट्र सङ्घको पछिल्लो तथ्यांक अनुसार पछिल्लो एक वर्ष मात्र १२ हजार बढी आप्रवासी ट्युनिसियाबाट अन्यत्र गएका छन् । गत वर्षको सो संख्या १ हजार ३ यस मात्र थियो ।



