काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कायम भएको छ ।
शुक्रबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।