काठमाडौं । महुली लघुवित्तको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले अब बोनश र कर सहितको नगद लाभांश गरेर कुल १५ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले यस अघि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । संशोधित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ ।