काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले बम्पर लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनश शेयर,२० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ३.६८४२१०५२५५प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
उक्त लाभांश नेपाल राष्ठ्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।