images
images

एकैदिन ३४ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 254
    SHARES
  • २०७९ चैत्र ११ गते शनिबार

    एकैदिन ३४ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४ सय ५१ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शुक्रबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ८१ जना, लेन अनुशासन पालना नगर्ने ८१ जना, रेड लाइडमा सवारी साधन चलाउने ६० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५५ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४२ जना, लिडारगन ९४ चालक रहेका छन् ।  यस्तै २ हजार ९ सय ४७ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

     


    images
    images

    Logo