images
images

नेपालमा मातृ मृत्युमा सुधार : एक लाख शिशु जन्मिँदा १५१ आमाको मृत्यु


  • 484
    SHARES
  • २०७९ चैत्र ११ गते शनिबार

    नेपालमा मातृ मृत्युमा सुधार : एक लाख शिशु जन्मिँदा १५१ आमाको मृत्यु

    नेपालमा गर्भावस्था र सुत्केरी हुँदाको समयमा हुने आमाको मृत्युमा सुधार देखिएको छ । नेपालमा प्रति एक लाख जीवित जन्ममा १ सय ५१ जना आमाको मृत्यु भएको देखाएको छ । यसअघि सन् २००६ मा नेपालमा मातृ मृत्यु प्रति १ लाख जीवित जन्ममा २ सय ८१ जना थियो ।

    यसैगरी कूल प्रजनन उमेर समूह (१५–४९ वर्ष)का १२ हजार ९ सय ७६ महिला मृत्युमध्ये ६ सय ५३ जना (पाँच प्रतिशतं) को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको छ । तीमध्ये ६ सय २२ जना (९५ प्रतिशत) को मृत्यु मातृमृत्युसँग सम्बन्धित रहेको जनगणनामा जनाइएको छ । 

    उक्त उमेर समूहबाट कूल ४ लाख १२ हजार ९ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ । जसअनुसार मातृमृत्यु दर १ सय ५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ । 

    नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । राष्ट्रिय जनगणनाका अनुसार छोरा ५२ दशमलव ८ प्रतिशत र छोरी ४७ दशमलव ३  प्रतिशत जन्मिएको पाइएको हो । 

    जनगणनाअनुसार एक वर्षको बीचमा कूल ४ लाख १२ हजार ९ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये २ लाख १८ हजार ७४ जना छोरा र १ लाख ९४ हजार ८ सय ६१ छोरी जन्मिएका थिए । 

    जनगणनाअनुसार १० वर्षमा १५–४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म एक करोड २७ लाख ९९ हजार ९६९ बच्चा जन्माएका छन् । नेपालमा १५–४९ वर्षका विवाहित महिलामध्ये १२ प्रतिशतले कुनै पनि जीवित बच्चा नजन्माएको पाइएको छ । 

    राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले बच्चा नजन्माएको पाइएको छ भने दुई जना जीवित बच्चा जन्माएका महिलाको सङ्ख्या सबैभन्दा बढी ३३ प्रतिशत छ । 

    यस्तै एक जनामात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३ दशमलव एक  प्रतिशत छन् भने नौ वा सोभन्दा बढी जीवित बच्चा जन्माउने महिला शुन्य दशमलव एक प्रतिशत छ । जीवित जन्मेका बच्चाहरुमध्ये तीन दशमलव दुई प्रतिशतको मृत्यृ भएको पाइएको छ । 

    राष्ट्रिय जनगणनामा धेरैजसो व्यक्तिहरु ३४ दशमलव चार  प्रतिशतको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको पाइएको छ भने दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२ दशमलव तीन प्रतिशत छन् । 

    दशवर्ष मुनि शुन्य दशमलव तीन प्रतिशतको विवाह

    राष्ट्रिय जनगणनामा १० वर्षमुनि उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु शुन्य दशमलव तीन  प्रतिशत छन् । यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु सात प्रतिशत छन् । समग्रमा पहिलो विवाह गर्दाको औसत उमेर १९ वर्ष हुन आउँछ । जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष छ ।

     


    images
    images

    Logo