काठमाडौ । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । घुस लिएको भिडियो सार्वजनिक भएपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले सहायक वन अधिकृत यादवलाई निलम्बन गरी थप अनुसन्धान थालेको हो ।
वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो फेला परेपछि यादवलाई निलम्बन गरिएको वन मन्त्रालयले जनाएको छ ।
अवैध रुपमा वन पैदावार ओसारपसार मुद्दामा चैत्र ६ गते पक्राउ परेका बारा परवानीपुर गाउँपालिका १ का जयनारायण साहको मुद्दा मिलाइदिने भन्दै ४ लाख रुपैयाँ लिएको आरोप यादवमाथि छ । यादवले थप ४० हजार रुपैयाँका लागि बार्गेनिङ गरेपछि प्रतिवादीले भिडियो बनाएर मन्त्रालयलाई उपलब्ध गराएको बताइएको छ ।