काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २८ पैसा कायम रहेको छ । शुक्रबार १ सय ३१ रुपैयाँ ९३ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरोको मूल्य घटेको छ । शनिबार १ को खरिददर १ सय ४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ । शुक्रबार १ सय ४३ रुपैयाँ ४६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ७९ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ५३ पैसा रहेको छ।
